कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ
२०८१ भदौ २, ०८:५०
कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालिका–१८ कटानबाट सोही ठाउँका ४२ वर्षीय भगवती प्रसाद भट्टलाई रेक्सोपोरिक एम्फुल ६ थान र फेनारगन एम्फुल ६ थान सहित जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले आइतबार नियन्त्रणमा लिएको हो।
कमेन्ट लोड गर्नुस