सुदूर नेपाललाई विश्वसँग जोड्दै

केटासँग भाग्दै गरेकी महिला धनगढी विमानस्थलबाट पक्राउ

२०८१ साउन ३२, ०४:३२ खबर संवाददाता

धनगढीः केटासँगै भाग्दै गरेकी एक महिला धनगढी विमानस्थलबाट पक्राउ परेकी छन्।

शुक्रबार जिल्लाको लम्कीचुहा नगरपालिका–८ की करिब ३५ वर्षीया महिला धनगढी विमानस्थलबाट वैदेशिक रोजगारीका लागि दुबईमा बस्दै आएका पुरूषसँग काठमाडौं उड्ने क्रममा पक्राउ परेकी हुन्। उनी श्री एयरलाइन्सको दिउँसो १ बजेर ५ मिनेटको फ्लाइटमा उड्ने तयारीमा थिइन्। तर बोडिङ पास बनाउने क्रममा शंकास्पद गतिविधि देखाएपछि महिला अर्कै पुरूषसँग गइरहेको खुलेको प्रहरीले जनाएको छ।

उनलाई काठमाडौं लगिरहेको अवस्थामा सुनसरी घर भएर हाल दुबईमा रोजगारी गर्दै आएका करिब ३५ वर्षीय सुलेमान मनसुरीलाई धनगढी विमानस्थलबाट पक्राउ गरिएको छ। प्रहरीका अनुसार उनी महिलालाई लैजान दुबईबाट शुक्रबार नै आएका थिए। उनीसँग भाग्दै गरेकी महिलाका दुई छोरा छन्। पक्राउ परेका दुवै जनाको विषयमा जिल्ला प्रहरी कार्यालय कैलालीले अनुसन्धान अघि बढाएको छ।

कमेन्ट लोड गर्नुस