सुदूर नेपाललाई विश्वसँग जोड्दै

सरकारले वैदेशिक रोजगारीसँग सम्बन्धित काम गर्न बैंक थप्दै

। फोटो स्रोत ।
२०७६ जेठ २९, ०६:०८

वैदेशिक रोजगारीमा जाने कामदारहरुले कल्याणकारी कोषमा रकम जम्मा गर्नका बैंक थपिने भएको छ। सरकारले यसअघि ७ वटा मात्रै बैंक रहेकोमा अब बैंकिङ प्रणालीलाई विस्तार गरी ’क’ वर्गका वाणिज्य बैंक पनि थप गर्ने भएको हो।त्यसको लागि नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्ग मान्यता प्राप्त वाणिज्य बैंकहरुलाई वैदेशिक रोजगार बोर्डले आवेदन माग गरेको छ।

कल्याणकारी कोष व्यवस्थापन समितिको जेठ २३ को बैठकबाट निर्णय अनुसार इच्छुक सबै ‘क’ वर्गका बैंकहरुले वैदेशिक रोजगारीसँग सम्बन्धित सेवा प्रवाह गर्नको लागि आवेदन दिन पाउने जनाइएको छ।

असार १० गतेभित्र इच्छुक र्बैंकहरुले वैदेशिक रोजगार बोर्डको सचिवालय, बबरमहलमा निवेदन दिनुपर्ने बताइएको छ। यसअघि पनि यस क्षेत्रमा अनलाइन कारोबार गरिरहेका बैंकहरुको सम्झौता पुनरावलोकन गर्नुपर्ने भएकाले कारोबार गरिरहेका बैंकलाई पनि निवेदन आह्वान गरिएको छ। 
 

कमेन्ट लोड गर्नुस