सुदूर नेपाललाई विश्वसँग जोड्दै

संक्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित

२०८१ साउन ३०, ०६:१५ खबर संवाददाता

काठमाडौँः प्रतिनिधि सभाबाट सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक पारित भएको छ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो) संशोधन विधेयक, २०८१ लाई पारित गरियोस्’ भनेर प्रस्ताव राखेका थिए।

त्यसलाई निर्णयार्थ प्रस्तुत गर्दै सभामुख देवराज घिमिरेले बहुमतले पारित भएको घोषणा गरेका हुन्। यसअघि विधेयकमाथि सबै दलका शीर्ष नेताले बोलेका थिए। कानून, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले मंगलवार नै प्रतिनिधि सभामा विधेयक सम्बन्धी प्रतिवेदन पेश गरेकी थिइन्।

यसअघि सहमति जुट्न नसकेपछि प्रतिनिधि सभाले छलफलका लागि संसदीय समितिमा पठाएको थियो। समितिमा पनि सहमति जुट्न नसकेपछि तीन दलले कार्यदल बनाएका थिए। कार्यदलले गरेको सहमतिका आधारमा संसदीय समितिले साउन २४ गते सर्वसम्मतिले पारित गरेको थियो।
 

कमेन्ट लोड गर्नुस