सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै

२०८१ साउन ३०, ०७:५० खबर संवाददाता

धनगढीः धनगढीः सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले आज (बुधबार) विश्वासको मत लिँदै छन्।

यसका लागि दिउँसो ३ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ। साउन २० गते मुख्यमन्त्री नियुक्त भएका शाह नेतृत्वको सरकारमा एमाले र नागरिक उन्मुक्ति पार्टी साझेदार छन्। ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात सांसद छन्।

बहुमतका लागि २७ सांसद आवश्यक पर्ने सुदूरपश्चिममा एमाले र कांग्रेसकै सांसद संख्याले पनि बहुमत पुग्छ। त्यसै नागरिक उन्मुक्तिको मत थपिँदा दुई तिहाइनजिक पुग्छ। तर लामो समयदेखि आन्तरिक किचलोमा अल्झिएको नागरिक उन्मुक्तिका सांसदहरुले एक ढिक्का भएर मत दिनेमा पनि यकिन भइसकेको छैन।

कमेन्ट लोड गर्नुस