सुदूर नेपाललाई विश्वसँग जोड्दै

माओवादी सुदूरपश्चिमको प्रमुख सचेतकमा गीतादेवी माल

२०८१ साउन २९, ०७:०६

धनगढी : सुदूरपश्चिम प्रदेश सभामा नेकपा माओवादी केन्द्रको संसदीय दल प्रमुख सचेतकमा गीतादेवी माल मनोनीत भएकी छन्। मंगलबार संसदीय दलको बैठकले प्रदेश सभा सदस्य माललाई प्रमुख सचेतकमा चयन गरेको हो।

यसअघिका प्रमुख सचेतक मानबहादुर धामी खगराज भट्टलाई हटाउँदै दलको नेता बनेपछि माओवादीको प्रमुख सचेतक पद खाली थियो।

प्रमुख प्रतिपक्षी दल समेत रहेको माओवादी केन्द्रले प्रमुख सचेतक चयन गरेको जानकारी प्रदेश सभा सचिवालयलाई समेत जानकारी गराइसकेको छ।

 

कमेन्ट लोड गर्नुस