शेखरले महाधिवेशन सार्न हुन्न भनेपछि देउवाको प्रतिवाद
काठमाडौँः नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा नेता डाक्टर शेखर कोइरालाले धारणा राख्दैगर्दा सभापति शेरबहादुर देउवाले बीचैमा प्रतिवाद गरेका छन्।
आइतवारको बैठकमा डाक्टर कोइरालाले लिखित धारणा राख्दैगर्दा महाधिवेशन सार्ने प्रयास नगर्न चेतावनी दिएपछि सभापति देउवाले प्रतिवाद गरेका हुन्। मंसिर २०७८ मा १४ औँ महाधिवेशन भएकोले विधानअनुसार चार वर्षको अन्तरालमा मंसिर २०८२मा १५औँ महाधिवेशन सुनिश्चित हुनुपर्ने बताउँदै कोइरालाले भनेका थिए, ‘कांग्रेसको १५औँ महाधिवेशन लम्ब्याउने कुनै प्रपञ्च नगरौँ। विधान र नियमावली संशोधनका लगि अविलम्ब समिति बनाऔँ। २०८२ मंसिरमा १५ औँ महाधिवेशन गर्ने सुनिश्चितता यही केन्द्रीय समिति बैठकले गरोस्।’
यो वा त्यो बाहनामा महाधिवेशन सार्ने काम भयो भने त्यसले कांग्रेस र लोकतन्त्र दुवैलाई दुर्घटनातर्फ लैजाने शेखरले बताउँदै गर्दा सभापति देउवा तत्कालै प्रतिकार गरेका थिए। कल्ले ढिला गर्यो ‘ कल्ले ढिला गर्यो, कल्ले ढिला गर्या छ भनेर सभापति कड्किए। यसो भन्दा सबै पदाधिकारी र केन्द्रीय सदस्यहरू हासेका एक केन्द्रीय सदस्यले बताए। देउवाले यसो भनेपछि शेखरले ‘म भन्दै छु।’ ती नेताले भने।