सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते

२०८१ साउन २६, ०९:१९ खबर संवाददाता

धनगढीः कैलालीमा मोटरसाइकलको ठक्करबाट दुई जना घाइते भएका छन।

जिल्लाको बर्दगोरिया गाँपालिका–५ भुरुवा स्थित भित्री सडकखण्डमा दक्षिणबाट उतरतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००८ प  ८३०६ नम्बरको मोटरसाइकलले साइकललाई ठोक्दा दुर्घटना भएको हो।

उक्त दुर्घटनामा साइकल चालक बर्दगोरिया–५ का ४५ वर्षीय पिथराम थारु र साइकल पछाडि सवार रहेका ५४ वर्षीय चुन्ना कठरिया घाइते भएका छन्। उनीहरुको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको प्रहरीले  जनाएको छ। 

कमेन्ट लोड गर्नुस