सुदूर नेपाललाई विश्वसँग जोड्दै

आज यी नदीहरूमा बाढीको जोखिम

२०८१ साउन २६, १०:४६ खबर संवाददाता

धनगढीः बाढी पूर्वानुमान महाशाखाका अनुसार शनिवार बिहानको मापन अनुसार भेरी नदीको समजिघाट केन्द्रमा जलसतह सतर्कता तह नजिक रहेको छ।

त्यस्तै कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरू साथै कन्काई, कमला, बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको छ।

आज रामेछाप, दोलखा, सिन्धुपाल्चोक, उदयपुर, मकवानपुर, काठमाडौँ, ललितपुर, भक्तपुर, धादिङ, तनहुँ, गोरखा, रोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट, सल्यान, कालिकोट, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ।

कमेन्ट लोड गर्नुस