सुदूर नेपाललाई विश्वसँग जोड्दै

बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउँछौँः मन्त्री पौडेल

२०८१ साउन २६, ०७:५८ खबर संवाददाता

नेपालगञ्जः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाइने बताएका छन्।   

नेपाली काँग्रेस बाँकेले आज पार्टी कार्यालयमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले सबैलाई समेट्ने गरी यसको दायरा फराकिलो बनाउने काम भइरहेको जानकारी दिए। मन्त्री पौडेलले भने,'स्वास्थ्य क्षेत्र सुधारका लागि छिट्ट नयाँ कामहरू घोषणा गर्ने गरी काम भइरहेको छ। आमा सुरक्षा कार्यक्रमलाई पनि थप प्रभावकारी बनाउने योजना बनाइरहेका छौँ।' 

उनले  सरकारी र निजी अस्पताललाई व्यवस्थित र नागरिकमैत्री बनाउन तथा अस्पतालहरूमा बिरामीको लाइन हटाउने विषयमा आफू सूक्ष्म अध्ययनमा रहेको समेत बताए। नेपाली काँग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेले गरिब र निमुखा जनताको स्वास्थ्यमा सहज पहुँच पु¥याउने गरी नयाँ ढङ्गले काम गर्न मन्त्री पौडेल सक्षम हुने विश्वास व्यक्त गरे।

भेरी अस्पतालको स्तरवृद्धि, भौतिक पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनका लागि मन्त्री पौडेललाई आग्रह गर्दै नले सुशील कोइराला क्यान्सर अस्पतालमा अहिलेसम्म दरबन्दी नै नभएकोप्रति ध्यानाकर्षण गराए।

कमेन्ट लोड गर्नुस