कैलालीबाट एक फरार प्रतिवादी पक्राउ
२०८१ साउन २५, ०७:४०
धनगढीः कैलालीबाट एक फरार प्रतिवादी पक्राउ परेका छन्।
जिल्लाको जानकी गाउँपालिका–५ बस्ने ४५ वर्षीय तिले साउद पक्राउ परेका हुन्। साउदलाई जिल्ला अदालत कैलालीको फैसलाले वन मुद्दामा १८ हजार ४ सय ४० जरिवाना तोकेपछि फरार रहेका थिए। उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट बिहीवार पक्राउ गरेको जनाएको छ।
कमेन्ट लोड गर्नुस