सुदूर नेपाललाई विश्वसँग जोड्दै

बेलायतमा हिंसक  प्रदर्शनः अहिलेसम्म चार सय जनाभन्दा धेरै व्यक्ति पक्राउ

२०८१ साउन २२, ०२:१२

बेलायतमा गएको हप्तादेखि शुरु भएको हिंसक प्रदर्शनमा अहिलेसम्म चार सय जनाभन्दा धेरै व्यक्ति पक्राउ परेका छन्।

नेशनल पुलिस चिफ काउन्सिलले आउँदा दिनमा पक्राउ पर्नेहरूको सङ्ख्या बढ्न सक्ने बताएको बीबीसीले जनाएको छ। यसअघि प्रधानमन्त्री केयर स्टार्मरले स्थिति नियन्त्रणमा लिन विशेषज्ञ प्रहरी अधिकारीहरूको टोली तैनाथ गरिएको बताउनुभएको थियो। हिंसक प्रदशर्नका क्रममा कैयौँ प्रहरी अधिकारी पनि घाइते भएका छन्।

साउथपोर्टको एक पार्टीमा चक्कु प्रहारबाट तीन जना बालिकाको ज्यान गएपछि बेलायतमा हिंसक प्रदर्शन चर्किएको हो। प्रदर्शनका क्रममा अति दक्षिणपन्थी, आप्रवासी विरोधी र आप्रवासी समर्थक कैयौँ ठाउँमा आमनेसामने आएका थिए। प्रदर्शनकारीहरूले आप्रवासी मुस्लिम लक्षित आक्रमण गरिरहेका छन्। उनीहरूले मस्जिदमा पनि आक्रमण गरिरहेका छन्।

यो घटनालाई लिएर प्रधानमन्त्री स्टार्मरले घृणा फैलाउन खोज्नेहरूविरुद्ध कारबाहीमा प्रहरीलाई सरकारले सहयोग गर्नै बताउनुभएको छ।
 

कमेन्ट लोड गर्नुस