लागूऔषधसहित कञ्चनपुरका एक युवक पक्राउ
२०८१ साउन २२, ०७:१९
कञ्चनपुरः लागूऔषधसहित कञ्चनपुरका एक युवक पक्राउ परेका छन्।
जिल्लाको वेदकोट नगरपालिका–७ चौखुट्टेबाट सोही ठाउँ बस्ने २२ वर्षीय आदित्य पाण्डेय सोमवार लागूऔषधसहित पक्राउ परेका हुन्। पाण्डेयलाई ० दशमलव ४ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित प्रहरी चौकी सुडाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ। उनले प्रयोग गरेको स्कुटर १ थानसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस