कञ्चनपुरमा डेढ लाख बढीको अवैध सामान बरामद
कञ्चनपुरः कञ्चनपुरका विभिन्न ठाउँबाट भन्सार छलीको अवैध सामान बरामद गरिएको छ।
जिल्लाको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले अन्दाजी २५ हजार २ सय, अस्थाइ प्रहरी पोष्ट आइबीआरडीले अन्दाजी ३० हजार ६ सय मृल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ।
यस्तै इलाका प्रहरी कार्यालय गड्डाचौकीले अन्दाजी ८२ हजार ५८० र प्रहरी पोष्ट सुकाशालले अन्दाजी २५,९२३ मुल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ। चारै स्थानका प्रहरीचौकीको गरेर १ लाख ६४ हजार ३०३ मुल्य बराबरको भन्सार छलीको सामान बरामद गरिएको छ।
बरामद गरेको दाल, चिनी, मिश्री, सुर्ती, बिडी, लेडिज सुट तथा हार्डवेयरका सामान कारवाहीको लागि भन्सार कार्यालय पठाईएको छ।