सुदूर नेपाललाई विश्वसँग जोड्दै

नागरिकको नैसर्गिक अधिकार रक्षा गर्न सरकार प्रतिबद्ध छ : गृहमन्त्री थापा

। फोटो स्रोत ।
२०७६ जेठ २८, ०१:३५

मंगलबार प्रतिनिधिसभाको बैठका माइतीघर मण्डलामा जेठ २६ गते प्रहरी हस्तक्षेपको बारेमा सदनलाई जानकारी दिने क्रममा गृहमन्त्री रामबहादुर थापाले नागरिकको नैसर्गिक अधिकार रक्षा गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै राज्य नागरिकको अधिकार कुण्ठित गर्ने पक्षमा नरहेको जानकारी दिएका छन्।

गुठी विधेयकका प्रावधानमा असहमति राख्दै जेठ २६ गते माइतीघर मण्डलामा केही संस्था, समिति, सम्पदा बचाउ अभियान लगायतको प्रदर्शनको क्रममा प्रदर्शनकारीले सार्वजनिक आवागमनलाई अवरोध गरेकाले प्रहरीले सामान्य बल प्रयोग गरेको बताउंदै प्रहरीले सार्वजनिक सवारी साधन आवागमनमा अवरोध नगर्न गरेको आग्रह अस्वीकार गरी प्रर्दशनकारीले यातायात अवरोध गर्ने काम जारी राखेकाले पानीको फोहराको अतिरिक्त प्रहरीले सामान्य बल प्रयोग गरेको दाबी गरे।

सरकारले नागरिकको अधिकारलाई बरबर दमन र्गयो, कुण्ठित र्गयो भन्ने भनाइ गलत भएको बताउंदै शान्ति सुरक्षा कायम गरि सार्वजनिक यातायात सुचारु गर्नका लागि राज्यले आफ्नो दायित्व बहन गरेको बताउँदै घटनाको सरकारले नैतिक जिम्मेवारी लिने र घटनाबारे छानबिन गर्ने समेत थापाले बताए। मण्डलामा भएको प्रहरी दमनको विरोधमा प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्रीको जवाफ माग गर्दे सोमबारको संसद बैठक अवरुद्ध गरेको थियो। 
 

कमेन्ट लोड गर्नुस