सुदूर नेपाललाई विश्वसँग जोड्दै

बंगलादेशका सेना प्रमुख वाकरको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने घोषणा

२०८१ साउन २१, ०४:४९ खबर संवाददाता

एजेन्सीः बंगलादेशको सेनाले आफ्नै नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने घोषणा गरेको छ।

प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर भागेपछि सेनापति वाकर उज–जमानले देशबासीको नाममा सम्बोधन गर्दै देशमा सैन्य नेतृत्वको अन्तरिम सरकार गठन हुने बताएका हुन्।

प्रधानमन्त्री हसिना पदबाट राजीनमा दिएर भारतको त्रिपुरा राज्यको राजधानी अगरतलातर्फ गएकी छिन्। बंगलादेशमा चर्किएको विद्यार्थी आन्दोलन उत्कर्षमा पुगेसँगै पदबाट राजीनामा दिएर उनी भारतीय सहर अगरतलाका लागि उडेकी हुन्।

देशवासीका नाममा सम्बोधन गर्दै सेनापति वकरले प्रदर्शनकारीहरूलाई हिंसा रोक्न पनि आग्रह गरेका छन्। गत जुलाईदेखि बढेको हिंसाले उग्र रूप लिएपछि प्रधानमन्त्री हसिना राजीनामा दिएर राजधानी ढाका छाडेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।


 

कमेन्ट लोड गर्नुस