सुदूर नेपाललाई विश्वसँग जोड्दै

बङ्गलादेशमा विद्यार्थीको आन्दोलन फेरि चर्कियोः देशभर कर्फ्यू, इन्टरनेट बन्द

२०८१ साउन २१, १०:०७

काठमाण्डौः बङगलादेशमा आरक्षणको विरोधमा विद्यार्थीको प्रदर्शन फेरि चर्किएको छ।

प्रदर्शन चर्किएपछि बङ्गलादेश सरकारले हिजो बेलुका ६ बजेदेखि देशैभर कर्फ्यूको घोषणा गरेको छ। कर्फ्यू अवधिमा फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, मोबाइल इन्टरनेट बन्द रहने गृह मन्त्रालयले जनाएको छ। बङ्गलादेशमा भइरहेको प्रदर्शन  हिंसात्मक हुँदा अहिलेसम्म ९० जनाको ज्यान गइसकेको स्थानीय सञ्चार माध्यमलाई उद्धृत  गर्दै बीबीसीले जनाएको छ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गरिरहेका छन्। आन्दोलनरत विद्यार्थीहरूले विवादास्पद आरक्षण प्रणाली अन्त्य गर्न माग गरेका छन्। सन् १९७१ मा बङ्गलादेशको स्वतन्त्रताका लागि लडेका स्वतन्त्रता सेनानीका परिवारका लागि सरकारी जागिरको ३० प्रतिशत आरक्षित गरिएको थियो।

गएको महिना विद्यार्थी सङ्गठनहरूले यही नियमको विरोधमा प्रदर्शन गरेपछि अदालतले धेरैजसो कोटा हटाएर ९३ प्रतिशत कोटामा आम मानिस प्रतिस्पर्धा गर्न पाउने फैसला गरेको थियो। विद्यार्थीहरुले फेरि सबै आरक्षण हटाउनुपर्ने भन्दै प्रभानमन्त्रीको राजीनामाको माग गर्दै प्रदर्शन शुरु गरेका हुन्।
 

कमेन्ट लोड गर्नुस