कैलालीको धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद
धनगढीः कैलालीको धनगढी र टीकापुरबाट भन्सार छलीका सामान बरामद गरिएको छ।
धनगढी उपमहानगरपालिका–४ शहिद गेट, वडा नम्बर–९ बाङग्रा कटान, १८ को आदर्श चोक नजिक र टीकापुर नगरपालिका–४ अस्नेरी स्थित भित्री सडकखण्ड, वडा नम्बर–८ कमलगाउँबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी २ लाख २० हजार २ सय मूल्य बराबरको सामान बरामद गरिएको हो।
उक्त मूल्य बराबरको प्याज, चिनी, खाने तेल, कुर्ती, सारी, पापड, खुर्सानी, बोईलर कुखुरा, मोटरसाइकल थान–१ लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा फेला पारी आइतवार नियन्त्रणमा लिएको जनाएको छ।