सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा धार्मिक कार्यक्रममा पर्खाल भत्किँदा नौ बालबालिकाको मृत्यु

२०८१ साउन २०, ०४:५४ खबर संवाददाता

एजेन्सीः भारतको मध्य प्रदेश राज्यमा एक धार्मिक कार्यक्रमका क्रममा पर्खाल भत्किँदा कम्तीमा नौ बालबालिकाको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएका छन्। मध्य प्रदेशको राजधानी भोपालबाट करिब २०५ किलोमिटर उत्तरपूर्वमा पर्ने सागर जिल्लाको शाहपुर गाउँमा पर्खाल भत्किएको हो।

“आइतवार शाहपुरको हरदौल बाबा मन्दिर नजिकै भएको दुःखद घटनामा १० देखि १५ वर्ष उमेर समूहका नौ बालबालिकाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन्। मन्दिरको छेउमा रहेको घरको भित्ता ढल्दा धार्मिक कार्यक्रममा सहभागी हुनका लागि मानिसहरू मन्दिरमा जम्मा भएका थिए,” एक प्रहरी अधिकारीले भने।

पचास वर्ष पुरानो र जीर्ण घर बर्खायाममा भारी वर्षाका कारण भत्किएको उनले बताए। घटना लगत्तै उद्धार र भग्नावशेषमुनिबाट मृतकलाई निकाल्न प्रकोप प्रतिकार्य बलका जवानहरू र प्रहरी टोलीहरू घटनास्थलमा पठाइएको अधिकारीहरूले जनाएका छन्। घाइते बालबालिकालाई उपचारका लागि अस्पताल लगिएको छ। 
 

कमेन्ट लोड गर्नुस