सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको दोदोधारा अस्पतालमा ४१ लाखको औषधी वितरण

२०८१ साउन २०, ०४:२२ खबर संवाददाता

धनगढी : कैलालीको बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कुँवरले दोदोधारा अस्पतालका लागि आवश्यक औषधी तथा उपकरण वितरण गरेका छन्। अध्यक्ष कुँवरले सङ्घीय सरकारबाट ४१ लाख ५० हजारको औजार, सामाग्री तथा औषधी अस्पताललाई हस्तान्तरण गरेका हुन्।

अस्पताल सञ्चालनका लागि उपकरण, सामाग्री तथा बिरामीका लागि औषधी वितरण गरिएको गाउँपालिकाले जनाएको छ। बर्दगोरिया गाउँपालिका क्षेत्रसहित छिमेकी पालिकाका नागरिकलाई सेवा दिन दोदोधारा अस्पताल सञ्चालन गरिएको हो। गाउँपालिकाले १५ शय्या क्षमतामा अस्पताल सञ्चालनमा ल्याएको छ।

 

कमेन्ट लोड गर्नुस