सुदूर नेपाललाई विश्वसँग जोड्दै

एकीकृत समाजवादीले टुंग्यायो ३४४ सदस्यीय केन्द्रीय कमिटी

२०८१ साउन १८, ०९:२३ खबर संवाददाता

महाधिवेशनको एक महिनापछि एकीकृत समाजवादीले केन्द्रीय कमिटी टुंगो लगाएको छ।

आज पार्टी कार्यालय आलोकनगरमा बसेको केन्द्रीय कमिटीको पहिलो बैठकले कमिटीलाई पूर्णता दिएको हो। यसअघि असार १६ देखि २० गतेसम्म बसेको बैठकले ९९ सदस्यीय कमिटी निर्वाचित गरेको थियो।

पदाधिकारीतर्फ अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भूसाल निर्वाचित गरेको थियो। यसअघि सचिवालयले २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने भने पनि आकार बढेको हो।
 

कमेन्ट लोड गर्नुस