प्रधानमन्त्रीको सिफारिसमा तीन राज्यमन्त्री नियुक्त
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा तीनजना राज्यमन्त्रीहरूलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका छन्। राज्यमन्त्री पाउनेहरूमा नागरिक उन्मुक्ति पार्टीबाट अरुणकुमार चौधरी र कांग्रेसबाट रुपा विक र पूर्णबहादुर तामाङ छन्।
विक वन तथा वातावरण राज्यमन्त्री, चौधरी संस्कृति, पर्यटन राज्यमन्त्री र तामाङलाई ऊर्जा राज्यमन्त्री नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ। नवनियुक्त राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री ओलीले आजै शपथग्रहण गराउन कार्यक्रम छ।