कञ्चनपुरको कृष्णपुरका १० विद्यार्थीलाई छात्रवृत्ति
कञ्चनपुरः कञ्चनपुरमा कृष्णपुरको २ नम्बरका १० विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ।
कृष्णपुर नगरपालिकाको २ नम्बर वडा कार्यालयले उच्च शिक्षा अध्ययनका लागि आर्थिक रुपमा विपन्न समुदायका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको हो। कृष्णपुर नगरपालिका–२ का वडाध्यक्ष अर्जुन सिह साउदले उच्च शिक्षा अध्ययन गरिरहेका विपन्न समुदायका १० छात्रा विद्यार्थीलाई छात्रबृति वितरण गरिएको बताए।
वडाध्यक्ष साउदले २ नम्बर वडामा घर भई नगरकै दुई क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई नगद सामाजिक सुरक्षा कर काटेर ८ हजार ३३३ रुपैयाका दरले वितरण गरिएको जानकारी दिए। बुधवार एक कार्यक्रमका विच उदय सरस्वती क्याम्पसका धर्मेन्द्र रोकाया, सुनिता चौधरी, उर्मिला जोशी, चन्द्रा भट्ट, पशुपती चौधरी र कञ्चन बहुमुखी पशुपती महरा, पार्वती ठगुन्ना, डम्बरा साउद, सुस्मिता कुमारी थापा र भागरथी भट्ट छात्रा विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ।
‘हाम्रो वडामा बसोबास भएका विपन्न समुदायका विद्यार्थी जो उदय सरस्वती बहुमुखी क्याम्पस बंक र कञ्चन बहुमुखी क्याम्पस गुलरियामा अध्ययनरत गर्दै आएका छन, उनीहरुलाई वडा कार्यालयबाट चालु शैक्षिक सत्रमा नगदै छात्रबृति दिएका छौँ, ‘उनले भने, ‘विद्यार्थीको उच्च शिक्षा अध्ययनमा सहयोग पु¥याउने उदेश्य हो।’