सुदूर नेपाललाई विश्वसँग जोड्दै

पश्चिम नेपालमा पर्यटक भित्र्याउने कार्यक्रम सञ्चालन गर्छुः पर्यटन व्यवसायी चौधरी (भिडियो)

२०७५ वैशाख २४, १२:५१

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन व्यवसायी सञ्जय चौधरीलाई पर्यटन क्षेत्रको विज्ञ समूहमा नियुक्त गरेसँगै यसक्षेत्रको पर्यटन प्रवद्र्धन अझ शसक्त रुपमा हुने आशा गरिएको छ। पर्यटनको विकासमा विभिन्न क्षेत्रमा आवद्ध भई विज्ञता हासिल गरेका व्यक्तिहरुको ज्ञान, सीप, दक्षता र अनुभवको उपयोग गर्ने उद्देश्यले पर्यटन क्षेत्रको विज्ञ समूह गठन गर्ने गरिएकोमा प्रदेश नम्वर ७ वाट एक्लो व्यक्तीको रुपमा चौधरी नियुक्त भएपछि यसक्षेत्रका व्यवसायीहरुमा पनि खुशीको संञ्चार भएको हो। विज्ञ समुहमा नियुक्त भएका चौधरीले सुन्दरपश्चिमपछि नजिकै रहेका पर्यटकीय क्षेत्रलाई जोडेर अव पश्चिम नेपालमा पर्यटक भित्र्याउने कार्यक्रम सञ्चालन गरिने योजना वनाएको वताए। साथै उनले प्रदेश नम्वर ७ मा तीन महिनाभित्र पर्यटन वोर्डको कार्यालय स्थापनाको लागि पहल गर्ने दावी समेत गरेका छन्। 

कमेन्ट लोड गर्नुस