कञ्चनपुरबाट ब्रोईलर कुखुरासहित भन्सार छलीका सामान बरामद
कञ्चनपुरः कञ्चनपुरबाट ब्रोईलर कुखुरासहित भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–११ चौकीसत्ता, ६ नम्बरको ऐठपुर, पुनर्वास नगरपालिका–६ कान्तीलामा चोकबाट भारतबाट भन्सार छली गरि ल्याएका सामान बरामद गरिएको हो।
उक्त मोजा, अण्डरवेयर,साईकलको ट्युव, ब्रोईलर कुखुरा, बिउ–बिजन, प्लाष्टिक, चिनि, चियापत्ति, बिडि, सलाई, बिषादी, घासको बिउ, खाने तेल, नमकिन लगायतका अन्दाजी ३ लाख ५९ हजार ४५० मुल्य बराबरको सामान बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त सामान आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी कञ्चनपुर पठाइएको जनाएको छ।