कञ्चनपुरमा फरार ६ जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा फरार ६ जना पक्राउ परेका छन्। गाली बेइजती र लागुऔषध मुद्दामा फरार ६ जना पक्राउ परेका हुन्।
गाली बेइजती मुद्दामा फरार ५ जना पक्राउ परेका छन्। गाली बेइजती मुद्दामा फरार जिल्लाको लालझाडी गाउँपालका–२ का ४९ वर्षीय श्यामबहादुर राना, ४७ वर्षीय रोहित सिंह बडायक, ४५ वर्षीय रामध्वज बडायक, ६८ वर्षीय किशन सिंह बडायक र ५८ वर्षीय लोकेन्द्र सिंह बडायक पक्राउ परेका हुन्।
पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर अदालतमा पेश गरेको छ। त्यस्तै लागुऔषध मुद्दामा फरार भीमदत्त नगरपालिका–१५ निम्बुखेडाका २८ वर्षीय जयप्रकाश पाल मन्दिप पनि मंगलवार घरबाटै पक्राउ परेको प्रहरीले जनाएको छ।