सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा करेन्ट लागेर २ जना घाइते

२०८१ साउन १४, ०१:२४ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा करेन्ट लागेर २ जना घाइते भएका छन्।

जिल्लाको बेलौरी नगरपालिका–४ रिछास्थित विद्युतको पोलमा तार तान्ने क्रममा धनगढी उपमहानरपालिका–१० घुयाँघाटका २२ वर्षीय श्रवण राना र २१ वर्षीय सञ्जय राना घाइते भएका हुन।

विद्युतको पोलबाट खसेर एक जनाको ढाड र अर्का व्यक्तिको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते दुबै जनाको निसर्ग अस्पतालमा उपचार भइरहेको छ।
दुबै जनाको अवस्था सिकिस्त रहेको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस