सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा चार ठाउँमा दुर्घटना, ६ जना घाइते

२०८१ साउन ११, १०:५५ खबर संवाददाता

धनगढीः कैलाली जिल्लाका विभिन्न चार ठाउँमा दुर्घटना भएको छ। चार ठाउँमा भएको दुर्घटनामा ६ जना घाइते भएका छन्।

शुक्रवार धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। धनगढी–११ का पे्रमलाल रानाले चलाएको मोटरसाइकल र बझाङको वित्थडचीर गाउँपालिका–२ का २८ वर्षीय मोहन बोहराले चलाएको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो।

धनगढी–पुरवार पेट्रोल पम्प नजिक अछामको मंगलसेन नगरपालिका–५ का लक्ष्मण कुवरले चलाएको मोटरसाइकल कुकुरलाई बचाउने क्रममा दुर्घटना भएको हो। उत्त मोटरसाइकलको पछाडी सवार रहेका सिराहाको अनाृह गाउँपालिकाका २९ वर्षीय उमेश शाह घाइते भएका छन्। घाइते दुबै जनाको केजी अस्पतालमा उपचार भइरहेको छ।

यस्तै कैलालीको धनगढीमा स्कुटर र स्कुल भ्यान एकआपसमा ठोक्किँदा दुर्घना भएको छ। धनगढी उपमहानगरपालिका–५ मा शुक्रवार सुदूरपश्चिम प्रदेश ०१००१ च ४२४६ नम्बरको स्कुल भ्यान र सुदूरपश्चिम प्रदेश ०११० प ५७४ नम्बरको स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना भएको हो। स्कुटर चालक धनगढी–६ का रामभरोषा राना र भ्यानका चालक हरिराम डगौँरा घाइते भएको प्रहरीले जनाएको छ।

कमेन्ट लोड गर्नुस