धनगढीमा भ्यान र स्कुटर ठोक्किँदा दुर्घटना
२०८१ साउन ११, ०८:४८
धनगढीः कैलालीको धनगढीमा स्कुटर र स्कुल भ्यान एकआपसमा ठोक्किँदा दुर्घना भएको छ।
धनगढी उपमहानगरपालिका–५ मा शुक्रवार सुदूरपश्चिम प्रदेश ०१००१ च ४२४६ नम्बरको स्कुल भ्यान र सुदूरपश्चिम प्रदेश ०११० प ५७४ नम्बरको स्कुटर एक आपसमा ठोक्किएर दुर्घटना भएको हो।
स्कुटर चालक धनगढी–६ का रामभरोषा राना र भ्यानका चालक हरिराम डगौँरा घाइते भएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस