सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरी नगरपालिका १० को कार्यालयमा तालाबन्दी

२०८१ साउन ७, ०१:५४ खबर संवाददाता

धनगढीः कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १० को वडा कार्यालयमा तालाबन्दी गरिएको छ।

विद्यालय मर्जको विषयमा सर्वोच्चको आदेश पालनाको माग गर्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन्।

गोदावरी नगरपालिकाकाले २०८० फागुन ३० गते र नगर शिक्षा समितिले २०८१ जेठ ३२ गते वडा नम्बर १० को शंकर आधारभूत विद्यालयलाई घण्टेश्वर आधारभूत विद्यालयमा समायोजन गर्ने निर्णय गरिएको थियो। विद्यालय मर्ज रोक्न माग गर्दै विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष रामदत्त भण्डारीले असार २८ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए।

कमेन्ट लोड गर्नुस