सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा बाढी आउँदा २३ जनाको धानबाली नष्ट

२०८१ साउन ६, ०९:४४ खबर संवाददाता

डडेल्धुराः डडेल्धुरामा बाढी आउँदा २३ जनाको धानबालीमा क्षती पुगेको छ।

जिल्लाको परशुराम नगरपालिका–१० तल्लो कुरमुलेमा २३ जनाको धानबालीमा बागथली खोलाको बहाब बढेर उनीहरुको धानबालीमा क्षती पुगेको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ।

२३ जनाको १४२ रोपनी जमिनमा लगाएको धानबाली पुर्ण रुपमा  नष्ट भएपछि किसान बिचल्लीमा परेका छन्। घटनाको पुर्ण विवरण आउन बाँकी छ।

कमेन्ट लोड गर्नुस