राप्रपाले पनि प्रधानमन्त्रीलाई विश्वासको मत नदिने
काठमाडौँः राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ।
शनिवार बसेको राप्रपाको निर्देशन समितिको बैठकले सो निर्णय गरेको हो। बैठकले प्रधानमन्त्रीले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्नु उपयुक्त हुने ठहर गरेको प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले बताए।
प्रधानमन्त्री ओलीले भोलि (आइतवार) विश्वासको मत लिने कार्यसूची रहेको छ। त्यस्तै नेकपा माओवादी, एककीकृत समाजबादी र रास्वपाले यस अघि नै विश्वासको मत नदिने निर्णय गरिसकेका छन्।