सुदूर नेपाललाई विश्वसँग जोड्दै

चीनमा पुल भत्किँदा ११ जनाको मृत्यु, ३० बेपत्ता

२०८१ साउन ५, ०२:१२

काठमाडौंः उत्तरी चीनमा रहेको राजमार्गको पुल नदीमा खस्दा ११ जनाको मृत्यु भएको छ।

३० जनाभन्दा बढी बेपत्ता भएको सरकारी प्रसारणकर्ता सीसीटीभीले जनाएको छ। समाचार एजेन्सी सिन्ह्वाका अनुसार शुक्रबार राति करिब ८ः४०  बजे वर्षासँगै आएको बाढीका कारण सानक्सी प्रान्तको साङ्लुओ नदीमा रहेको पुल भत्किएको हो। राजमार्गको पुल नदीमा खसेपछि लगभग २० वटा सवारी साधन र ३० जनाभन्दा बढी मानिस बेपत्ता भएको सीसीटीभीले बताएको छ। 

हालसम्म उद्धार गरिएका पाँचवटा गाडीभित्र ११ जनाको शव फेला परेको हो। सार्वजनिक तस्बिरहरूमा पुलको आंशिक भाग नदीमा डुबेको देखिएको छ। उत्तरी र मध्य चीनमा मंगलबारदेखिको निरन्तर वर्षा भइरहेको छ। 
 

कमेन्ट लोड गर्नुस