दार्चुलामा वर्षाका कारण दुई घरमा क्षती
२०८१ साउन ४, ०५:५२
दार्चुलाः दार्चुलामा वर्षाका कारण दुई घरमा क्षती पुगेको छ।
जिल्लाको मार्मा गाउँपालिका–६ छिपाङका राजुसिँ डडालको गोठमा माथिबाट आएको पहिरोले क्षती पुगेको छ।
ढुङ्गा माटोले बनेको एक तले एक कोठे गोठको भित्ता पहिरोले भत्किएर एक बाख्रा समेत मरेको छ। अन्य मानवीय क्षती भने केहि नभएको प्रहरीले जनाएको छ।
यस्तै नौगाड गाउँपालिका–२ चौरीगाउँका गोरख दोवालको घर जोखिममा परेको छ। घर अगाडिबाट पहिरो गएपछि घर जोखिममा परेको हो। मानिसहरुलाई छिमेकीको घरमा स्थानान्तरण गरिएको प्रहरीले जनाएको छ।
कमेन्ट लोड गर्नुस