सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा ट्याक्टर दुर्घटना हुँदा दुई जना घाइते

२०८१ साउन ३, ०७:३४ खबर संवाददाता

डोटीः डोटीमा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको केआई सिहँ गाउँपालिका–३ बासुदेबिमा ट्याक्टर दुर्घटना भएको हो।

दशरथ कठायतले चलाएको सुदूरपश्चिम प्रदेश ०१००२ त ५७९४ नम्बरको ट्याक्टर दुर्घटना भएको हो। उक्त दुर्घटनामा परेर चालक दशरथ र पछाडी सवार रहेका रेखबहादुर पुन घाइते भएका छन्।

घाइते दुबै जनालाई उपचारका लागि दिपायल ल्याइएको छ। ट्याक्टर सडकबाट  करिब ४० मिटर तल खसेको प्रहरीले जनाएको छ। ट्याक्टर दुर्घटना हुनुको कारण भने खुलेको छैन्।
 

कमेन्ट लोड गर्नुस