सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा भारी वर्षाका कारण दुई घरमा क्षती

। फोटो स्रोत ।
२०८१ साउन ३, ०६:३२ खबर संवाददाता

दार्चुलाः दार्चुलामा भारी वर्षाका कारण दुई जनाको घरमा क्षती पुगेको छ।

जिल्लाको नौगाड  गाउँपालिका–२ सुण्डमुण्डका जोगी टमट्टाको घरको भित्ता भत्किएको छ। यस्तै दुहु गाउँपालिका–३ का गौर कुवरको दुई तले चार कोठे ढुङ्गा माटोले बनेको सिलेटले छाएको घर चर्किएको छ।

भारी वर्षाका कारण उनको घरको भित्ता भत्किएको प्रहरीले जनाएको छ। घरमा क्षती पुगेपछि उनका परिवार आफन्तको घरमा बस्दै आएका छन्। अन्य मानवीय तथा  पशु चौपायामा भने कुनै क्षती पुगेको छैन्।
 

कमेन्ट लोड गर्नुस