सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालीको इतिहास गर्व गर्न योग्य छः प्रधानमन्त्री ओली

२०८१ साउन ३, ०३:३०

काठमाडौँः प्रधानमन्त्री केपी ओलीले नेपाल र नेपालीको इतिहास गर्व गर्न लायकको रहेको बताएका छन्।

इन्जिनियर दिवसको अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले देशको इतिहास प्रशंसायोग्य भएको उल्लेख गर्दै अहिलेको अवस्था भने त्यति नभएको बताए। 
प्रधानमन्त्री ओलीले वर्तमान सरकार देशमा देखिएका विद्यमान समस्या समाधान गर्न लागिपरेको स्पष्ट पारे। ‘आज सन्तोष मान्ने र खुसी हुने अवस्था छैन, यस अवस्थालाई हामीले बदल्नैपर्छ,’ उनले भने।

अहिले देशको अवस्था जस्तो भए पनि भविष्य भने उज्ज्वल रहेको प्रधानमन्त्री ओलीले बताए। यसमा कुनै शंका नगरी देश निर्माणको काममा लाग्न ओलीले आग्रह गरे। ‘देश र इतिहास प्रशंसा गर्न लायक छ, हाम्रो गौरवपूर्ण इतिहास छ, भविष्य उज्ज्वल छ । यसमा कुनै शंका नगरी देश निर्माणका सबै एकजुट भएर लाग्नुपर्छ, उनले भने।

प्रधानमन्त्री ओलीले इन्जिनियर देश बनाउने हात भएकाले देश निर्माणमा सहयोग गर्न आग्रह गरे। उनले समस्या देखाउने मात्र नभई समाधानका विकल्पहरू देखाउन सबैको ऐक्यबद्धता आवश्यक पर्नेमा जोड दिए। उनले सरकारले हरेक क्षेत्रमा देखिएका समस्या समाधान गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

कमेन्ट लोड गर्नुस