सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रधानमन्त्री र अमेरिकी राजदूतबिच भेटवार्ता

२०८१ साउन २, ११:२४ खबर संवाददाता

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डीन आर थोमसनले शिष्टाचार भेटवार्ता गरेका छन्। बुधबार बिहान प्रधानमन्त्री ओलीलाई भेट्न राजदूत थोमसन प्रधानमन्त्री निवास बालुवाटर पुगेका हुन्।

भेटबारे जानकारी दिँदै राजदूत थोमसनले नवनियुक्त प्रधानमन्त्री ओलीसँग सुमधुर छलफल भएको बताएका छन्। ‘हामीले दुई देशबिचको ७७ वर्ष लामो सम्बन्धबारे चर्चा ग¥यौँ । अमेरिका उहाँको सरकारसँग मिलेर काम गर्न र नेपाल र अमेरिकाबिचको सहकार्य सशक्त बनाउँदै लैजान चाहन्छ।’

कमेन्ट लोड गर्नुस