सुदूर नेपाललाई विश्वसँग जोड्दै

वैवाहिक करणी मुद्दामा गायक ओडलाई सफाई

२०८१ साउन १, ०३:३० खबर संवाददाता

धनगढीः वैवाहिक करणी मुद्दामा गायक रवि ओडले सफाइ पाएका छन्।

कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो। ओडकी पत्नीले गायक ओडविरुद्ध वैवाहिक जबरजस्ती करणीको मुद्दा दायर गरेकी थिइन्। गत चैत २० गते ओडकी श्रीमतीले वैवाहिक जबरजस्ती र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरी कार्यालय झलारीमा उजुरी गरेकी थिइन्।

त्यसबेला उनी कामका दौरान विदेशमा थिए। विदेशबाट फर्किएर उनले वैशाख २७ गते प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। गायक ओडले जेठ ३ गते पाँच लाख धरौटी तिरेर उनी थुना बाहिरबाट मुद्दा लड्दै आएका थिए। ओड नेपाल आइडल सिजन २ का विजेता हुन्।

 

कमेन्ट लोड गर्नुस