कैलालीमा लागूऔषधसहित एक जना पक्राउ
२०८१ साउन १, ०२:०५
धनगढीः कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्।
जिल्लाको गोदावरी नगरपालिका–४ बसन्तपुरबाट २१ वर्षीय कृष्ण साउँद लागुऔषधसहित पक्राउ परेका हुन्।
सोमबार साँझ इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले ४६० क्याप्सुल ट्रामाडोलसहित साउँदलाई नियन्त्रणमा लिएको हो।
कमेन्ट लोड गर्नुस