सुदूर नेपाललाई विश्वसँग जोड्दै

इजरायली सेनाको पछिल्लो आक्रमणमा हमासका कमाण्डर मारिएको दाबी

२०८१ असार ३१, ०१:०८

इजरायली सेनाले गाजामा गरेको पछिल्लो आक्रमणमा विद्रोही समूह हमासका वरिष्ठ कमाण्डर मारिएको जनाएको छ।

अस्ति शनिवार इजरायली सेनाले गरेको हवाई आक्रमणमा हमासका वरिष्ठ कमाण्डर राफा सलामा मारिएको इजरायलले दाबी गरेको होे। तर हमासले भने यसको पुष्टि नगरेको बीबीसीले जनाएको छ।
सेनाले गएको अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमणको मुख्य योजनाकार सलामा रहेको बताएको छ।

हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजाको खान युनिसमा सहायताका लागि बसेका थुप्रै नागरिक रहेको शरणार्थी शिविरमा आक्रमण गरेको जनाएको छ।
यो आक्रमणमा आक्रमणमा एक सय १४ प्यालेस्टाइनी मारिएको र चार सय जना घाइते भएका मन्त्रालयले दाबी गरेको छ। इजरायलले हमासका वरिष्ठ नेता निशाना बनाएको भन्दै आएको छ।

तर हमास नेताले इजरायलले नागरिकलाई निशाना बनाएको आरोप लगाएका छन्।
 

कमेन्ट लोड गर्नुस