सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोदावरीबाट अवैध सालको काठ बरामद

२०८१ असार ३०, ०५:४० खबर संवाददाता

धनगढीः कैलालीबाट प्रहरीले अवैध सालको काठ बरामद गरेको छ।

जिल्लाको गोदावरी नगरपालिका–३ मालीका टोलबाट पुरानो ट्याक्टरको ट्रालीमा वेवारीसे अवस्थामा राखेको अवैध सालको काठ बरामद गरीएको छ।

अस्थायी प्रहरी पोष्ट चौकीडाँडाबाट खटिएको प्रहरी टोलीले ५ थान (२४.२८ क्युफिट) सालको काठ बरामद गरेको हो। बरामद गरेको ट्राली र काठ सब डिभिजन वन कार्यालय अत्तरियाको जिम्मा लगाएको छ।
 

कमेन्ट लोड गर्नुस