कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरबाट लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।
जिल्लाको भीमदत्त नगरपालीका–३ भासी स्थित सोहीठाउँका जिवन शर्मालाइ शुन्य दशमव २४ ग्राम लागू औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ र ५ थान क्याप्सुल सहितलागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले शर्माको घरबाटै नियन्त्रणमा लिएको हो।
यसैगरी शुक्लाफाटा नगरपालीका–८ बाट सोही ठाउँका राई भान ठगुन्ना र करन जप्रेललाइ पनि लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ। प्रहरिले ठगुन्नालाइ ४३ दशमलव १३ ग्राम लागूऔषध र जप्रेललाई ५.१८ ग्राम लागूऔषध सहित पक्राउ गरेको हो। तीन जनालाइ शनिबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।