सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा भन्सार छलीका सामान बरामद

२०८१ असार ३०, ०७:३५ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा भन्सार छलीका सामान बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराहा, विश्वनाथ मन्दिर नजिक, धनगढी– १४ डिपो बजार र टीकापुर नगरपालिका–९ खक्रोलामा भन्सार छलीको सामान बरामद गरिएको प्रहरीले जनाएको छ।

करिब १ लाख ८५ हजार मूल्यको प्याज, चिनी, साबुन, पास्ता, सुर्ती ,बिडी, कस्मेटिक सामान, साइकलका टायर, टियूब, कुर्ती लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

 

कमेन्ट लोड गर्नुस