सुदूर नेपाललाई विश्वसँग जोड्दै

भियतनाममा पहिरोले भ्यान पुरियोः ७ जनाको ज्यान गयो

२०८१ असार ३०, ०६:१५

भियतनामः उत्तरी भियतनाममा पहिरोले भ्यान पुरिँदा कम्तीमा सात जनाको ज्यान गएको छ।

हा जियाङ प्रान्तको बाक मी जिल्ला हुँदै गुडिरहेको १६ सिटे भ्यान शनिवार बिहान ४ बजे पहिरोमा परेको हो। उत्तरी भियतनाममा वर्षाको मौसम प्रवेश गरेसँगै भारी वर्षा र बाढी पहिरोले पहाडी सडकमा यात्रालाई जोखिमपूर्ण बनाइरहेको त्यहाँको एक सरकारी सञ्चारमाध्यमले जनाएको छ।उद्धारकर्ताहरूले घटनास्थलबाट एक बालकसहित सात जनाको शव उद्धार गरेका छन्।

भ्यानमा सवार अन्य ६ जना जीवित फेला परेको र उपचारका लागि नजिकैको अस्पतालमा लगिएको  छ। उद्धारकर्ताहरूले बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन।
सरकारी सञ्चारमाध्यमले प्रसारण गरेको तस्वीर र भिडियोमा एम्बुलेन्स र सयौं उद्धारकर्मी घटनास्थलमा खटिएको देख्न सकिन्छ।
 

कमेन्ट लोड गर्नुस