सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा पहिरोमा परेर एक किशोर घाइते

साङ्केतिक
साङ्केतिक । फोटो स्रोत ।
२०८१ असार २९, ०५:१८ खबर संवाददाता

धनगढीः कैलालीमा पहिरोमा परेर एक किशोर घाइते भएका छन्।

जिल्लाको चुरे गाउँपालिका–६ का १३ वर्षीय सन्तोष नेपाली पहिरोमा परेर घाइते भएका छन्।

उनी बाख्रा चराउन गएका बेला पहिरोमा  परेर घाइते भएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र कैलालीले जनाएको छ। घाइते सन्तोषको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।


 

कमेन्ट लोड गर्नुस