धनगढीमा संयुक्त पत्रकार सम्मेलनः मुख्यमन्त्रीलाई राजीनामा दिन सुझाव
धनगढीः शनिबार संसद सचिवालयमा नेपाली काँग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई सरकार गठन र बजेट माथिको छलफलका लागि सहजीकरण गर्न आग्रह गरेका छन्।
नेताहरुले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री सोडारीलाई सरकार गठन र बजेट माथिको छलफलका लागि सहजीकरण गर्न आग्रह गरेका हुन्। नयाँ गठबन्धनमा आबद्ध दलहरुले मुख्यमन्त्री सोडारीलाई राजीनामा दिएर नयाँ सरकार गठन गर्न मार्ग प्रसस्त गर्न आग्रह गरेका छन्।
नेपाली काँग्रेस, नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीका नेताहरुले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री सोडारीलाई सरकार गठन गर्न सहयोग गर्न आग्रह गरेका हुन्। नेताहरूले वर्तमान सरकारले बहुमत पाउने सम्भावना नभएकाले नयाँ सरकार गठनमा सहजीकरण गर्न आग्रह गरेका हुन्। ‘नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परिसकेका छन । उनले विश्वासको मत लिन खोजेपनि पाउने अवस्था छैन।
बजेट माथिको छलफल हुन सकेको छैन। अल्मतमको सरकारले केही ठुला निर्णयहरु पनि गर्न सक्दैन, त्यसैले उहाँलाई राजीनामा दिएर सरकार गठनको बाटो सहज पार्न आग्रह गर्दछौं’ नेपाली काँग्रेस संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री कमलबहादुर शाहले भने।
पत्रकार सम्मेलनमा एमाले संसदीय दलका उपनेता सन्तोष थापा (शर्मा), नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता धनश्याम चौधरी, पूर्वमन्त्री रामेश्वर चौधरी, एमालेका प्रदेश सभा सदस्य वीरबहादुर थापा, काँग्रेसका डम्बरी महरा र तुलसी देवकोटाको सहभागिता रहेको थियो।
केन्द्रमा नयाँ सत्ता गठबन्धन बनेपछि सुदूरपश्चिममा नेकपा एमालेले मुख्यमन्त्री सोडारीलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । एमालेले समर्थन फिर्ता लिएसँग सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ। नयाँ गठबन्धन बनेपछि असार १ गते पेश भएको बजेटमाथिको छलफल हुन सकेको छैन। नयाँ गठबन्धनका नेताहरूले मुख्यमन्त्री सोडारीले अल्पमतमा पर्दा पनि राजिनामा नदिएर जालझेल गरेर बजेट पास गर्न खोजेको बताएका छन्। जालझेल गरेर बजेट पास गराउने चेष्टा नगर्न गठबन्धनका नेताहरूले चेतावनी दिएका छन्।