सुदूर नेपाललाई विश्वसँग जोड्दै

काँग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

२०८१ असार २९, ०९:४५ खबर संवाददाता

काठमाडौं: नेपाली काँग्रेसले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

शनिबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय ललितपुरमा बोलाइएको बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। काँग्रेस नयाँ सत्ता गठबन्धनको प्रमुख दल हो।

बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरु चयन बारे छलफल हुने एक नेताले जानकारी दिए। शुक्रबार राति कांग्रेस र नेकपा एमालेका १६६ सांसदको समर्थनसहितको नयाँ प्रधानमन्त्रीमा केपी ओलीलाई नियुक्त गर्न दाबी प्रस्तुत गरिएको छ । राष्ट्रपतिको सचिवालयले आवश्यक अध्ययन गरेर आइतबार नयाँ प्रधानमन्त्री नियुक्त गर्ने संकेत गरेको छ ।

कमेन्ट लोड गर्नुस