राष्ट्रपतिबाट नयाँ सरकार गठन गर्न आह्वान
धनगढीः राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठन गर्न आह्वान गरेका छन। संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त सरकार गठनका लागि उनले आह्वान गरेका हुन्।
नयाँ सरकार गठनका लागि दाबी पेश गर्न राष्ट्रपति पौडेलले आइतवार साँझ ५ बजेसम्मको समय दिएको शीतलनिवासकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन्।
कांग्रेस र एमालेसहितको समर्थनमा अब एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। राष्ट्रपतिको आह्वान बमोजिम दुई दलले ओलीलाई प्रधानमन्त्री नियुक्ति गर्न प्रस्ताव लिएर शीतल निवास जाने भएका छन्।