सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ

२०८१ असार २८, ०६:५६ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित २ जना पक्राउ परेका छन्। जिल्लाको कृष्णपुर नगरपालिका–९ बस्ने २६ वर्षीय सुमेर राम राना र २४ वर्षीय प्रदिप राना पक्राउ परेका हुन्।

यी दुबै जनालाई बेलौरी नगरपालिका–७ पौलाहबाट सुदूरपश्चिम प्रदेश ०१–००९ प ५५३३ नम्बरको मोटरसाइकल र २.५८ ग्राम लागूऔषध (खैरो हेरोईन)सहित फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।  

कमेन्ट लोड गर्नुस